ग्लोबल आइएमई लघुवित्तको खुद नाफा ५८.१५ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था?

डिसी नेपाल
२१ कार्तिक २०७९ १०:३६

काठमाडौँ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफामा भरि गिरावट आएको छ।

संस्थाको खुद नाफा ५८.१५ प्रतिशतले २ करोड ६७ लाख रुपैयाँमा सिमित भएको छ।  गत वर्षको यहि अवधिको तुलनामा खुद नाफा ६ करोड ३९ लाख रुपैयाँ कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसंगै खुद नाफामा पनि गिरावट आएको देखिन्छ। गत वर्षको यहि अवधिमा १५ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख रुपैयाँ भएको छ। यस्तै, सञ्चालन नाफा ९ करोड १२ लाख रुपैयाँबाट घटेर ३ करोड ८३ लाख रुपैयाँ सिमित भएको छ।

पहिलो त्रैमासमा संस्थाले ३ अर्ब ५ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी ५५ करोड २५ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार ५.११ प्रतिशतले बढेर ५४ करोड ८२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५२ करोड १६ लाख रुपैयाँ थियो।

समिक्षा अवधिमा संस्थाको खराब कर्जा भने बढेको छ। संस्थाको खराब कर्जा २.५७ प्रतिशतबाट बढेर २.७३ प्रतिशत पुगेको छ। पीई रेसियो ६०.१८ गुणा रहेको छ।

संस्थाको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानीमा पनि गिरावट आएको छ। संस्थाको प्रति सेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसामा झरेको छ। अघिल्लो वर्ष संस्थाको प्रति सेयर आम्दानी ५९.१२ रुपैयाँ रहेको थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १९९.२२ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *