मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२२ कार्तिक २०७९ ९:११

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गर्दै अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३८ पैसा छ। सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९१ पैसा छ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ १० पैसा र बिक्रीमा ९३ रुपैयाँ ५३ पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९६ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ९३ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *