कर्णाली प्रदेशमा व्यस्त प्रचण्ड, आज पाँच चुनावी सभालाई सम्बोधन गर्ने

डिसी नेपाल
२२ कार्तिक २०७९ ९:२७
60
Shares

सुर्खेत। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा व्यस्त भएका छन्। उनी आज कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने भएका हुन्।

शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जाँदैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *