कालिका लघुवित्तको नाफा ६.८१ प्रतिशत घट्याे, इपिएस कति ?

डिसी नेपाल
२२ कार्तिक २०७९ ११:३६

काठमाडौँ। कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७९/८० को प्रथम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरणअनुसार संस्थाको खुद नाफा ६.८१ प्रतिशतले घटेको छ।  गत वर्षको यही अवधिसम्ममा सात करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले यस वर्ष घटेर ७ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.८१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २९.७२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ११.८६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७.४८ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६९ रुपैयाँ २० पैसाबाट घटेर १६ रुपैयाँ ८३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *