आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक
काठमाडौँ। अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देल अभिनित संगीतिक भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ। गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत रहेको छ।
बेनिशाले आफ्नै प्रोडक्शन कम्पनी मौरी पिक्चर्सबाट पहिलो गीत सार्वजनिक गरेकी हुन् । निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाएको छ। भिडियोमा एक युवतिले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेको कथालाई निर्देशक खड्काले प्रस्तुत गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment