मलेसियाको फेसन शोमा गंगूबाईको झल्को

डिसी नेपाल
२३ कार्तिक २०७९ ९:५३
4
Shares

मुम्बई। अभिनेत्री आलिया भट्टको विश्वभर ठूलो फ्यान फलोइङ छ। विशेषत फिल्म ‘गंगूबाई काठियावाडी’मा उनले निभाएको चरित्रले जोकोही दर्शक प्रभावित छन्। हालैमात्र मलेशियामा भएको एक फेसन शोमा आलियाको गंगूबाई चरित्रको जस्तै गेटअपमा र्‍याम्पवाकमा देखिए।

फिल्म ‘गंगूबाई काठियावाडी’ जब रिलिज भयो, त्यही समयदेखि आलियाको आइकनिक लुक्स र ‘ढोलिदा’ गीतमा नृत्य गर्ने हुक स्टेप लोकप्रिय भएको थियो। यो आइकनिक लुक्स अहिले मलेसियाको फेसन शोमा प्रयोग गरिएको छ।

मलेसियामा भएको ‘नर्दन हट कल्चर फेसन शो २०२२’ मा आलियाको गंगूबाईवाला लुक्सलाई प्रस्तुत गरिएको थियो। यो फेसनमा कैयौं मोडलले गंगूबाईका आइकनिक लुकमा र्‍याम्प नापेका थिए।

मोडलले गंगूबाईजस्तै जूडा, बिन्दी, फूल लगाएका थिए। उनीहरुले कालो चस्मा पनि छुटाएका थिएनन्। यद्यपि उनीहरुलाई साडीको स्थानमा गाउन लगाएका थिए। तर उनीहरुको लुक्स र हिडाई हेर्दा गंगूबाईको झल्को प्रष्ट देखिन्थ्यो।

यो शोको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ‘मिस स्टार मलेसिया २०२२’ ले सामाजिक सञ्जालमा तस्वीर राख्दै ‘इज्जतसँग बाँच्ने, कसैसँग नडराउने’ लेख्दै गंगूबाई काठियावाडीको सम्झना गराएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *