उपराष्ट्रपतिबाट भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज विहान डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
भूकम्पले घर भत्कदा निधन भएकाहरुप्रति श्रद्धाञ्जी अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
उपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाहरुको उपचार तथा घर भत्किएर विस्थापित भएकाहरुका लागि उचित बबोबास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले भूकम्प लगायत सम्भावित प्राकृतिक विपत्बाट बच्न तथा कम क्षतिका लागि पूर्व तयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment