मोरङ ३ प्रदेशसभा ‘क’ : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने
विराटनगर। मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए।
कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो। कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ।
आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई आजैअपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment