अनुपम खेरले नै पाएनन् उचाइको टिकट !

डिसी नेपाल
२७ कार्तिक २०७९ १०:०८
6.3k
Shares

मुम्बई। निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ। भारतमा कम स्क्रिनमा रिलिज भए पनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले ‘उचाइ’को टिकट नपाएको उल्लेख गरेका छन्। भिडियोमा उनी मुम्बईको कुनै एक थिएटरमा पुगेका छन्। उनले टिकट मागिरहँदा टिकटवालाले फिल्म हाउसफूल भएकाले टिकट दिन नमिल्ने भनेका छन्।

भिडियोमा अनुपम सुट लगाएर थिएटर बाहिर उभिएका छन्। आफूले अभिनय गरेको फिल्मको टिकट आफूले नै नपाउनु आश्चर्यजनक रहेको भन्दै खुशी व्यक्त गरेका छन्। यो कुरा उनले निर्देशक सुरजलाई पनि बताएका छन्।

‘मैले उचाइको टिकट पाइनँ। पहिलोपटक असफलतामा सफलता देखें। म खुशीले पागल झैं भएको छु। जे पनि हुनसक्छ। जय हो’, उनले ट्वीटरमा भिडियो शेयर गर्दै लेखेका छन्।

नेपालमा ७० प्रतिशत छायांकन गरिएको फिल्ममा अमिताभ बच्चन, बोमन ईरानी, डेनी डेन्जोङ्पा र परिणिती चोपडाको पनि अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *