जुहीसँग विवाह गर्न चाहन्थे सलमान
मुम्बई। सन् ८० र ९० को दशककी अभिनेत्री जुही चावला आज आइतबार ५५ औं जन्मोत्सव मनाउदैछिन्। मोडलिङमा चर्चा बटुलेपछि जुही बलिउडमा आएकी थिइन् ।
उनले सन् १९८७ मा रिलिज फिल्म ‘सल्तनत’बाट डेब्यू गरेकी थिइन्। यसपछि उनले बलिउडमा ‘डर’, ‘दीवाना मस्ताना’, ‘इश्क’, ‘कयामत से कयामत तक’ जता हिट फिल्म दिइन्। उनले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन्। तर, सायद कमैलाई थाहा होला कि जुहीलाई सलमान खान विवाह गर्न चाहन्थे।
सलमान हिन्दी फिल्मको मस्ट एलिजिबल ब्याचलर हुन्। उनी आजसम्म पनि सिंगल छन्। कुनै समय उनी जुहीको प्रेमी थिए। उनी जुहीसँग विवाह गर्न तयार थिए। तर जुहीका पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरेपछि विवाह हुन सकेन।
सलमान जुहीलाई यति धेरै मनपराउँथे कि उनी जुहीको हात माग्न जुहीका पितालाई भेट्न गए। तर जुहीको पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरे। ‘जुही निकै प्यारी छिन् । मैले उनको पितालाई के तपाईं जुहीको मसँग विवाह गरिदिनुहुन्छ ? भनेर सोधेको थिएँ। तर उहाँले अस्वीकार गर्नुभयो। शायद उहाँलाई म मन परिनँ होला। उहाँलाई कस्तो केटा चाहिएको थियो, मलाई थाहा भएन’, सलमानले भनेका छन्।
जुहीले आफ्नो करियर उच्च स्तरमा पुगेको समयमा जय मेहतासँग सन् १९९५ मा विवाह गरेकी थिइन्। जय र जुहीको पहिलो भेट राकेश रोशनले गराएका थिए। त्यसपछि उनीहरु नजिकिए। जुहीले ६ वर्षसम्म आफ्नो विवाहलाई लुकाएर राखिन्। जब उनी पहिलोपटक गर्भवती भइन्, अनि मात्र उनले विवाह गरेको खुलासा भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment