गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा जेडी तमु र छिरिङ शेर्पा
मकवानपुर । शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जेडी तमुले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन्। उनीहरुले ‘सर्वाधिक उचाईमा जोडी नृत्य गर्ने जोडी’ का रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका हुन्।
उनीहरुले शिर्षकमा रेकर्ड कायम गरेर नाम लेखाउने तयारी गरेको बारेमा सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनीहरुले ‘Highest altitude choreographed dance on land(pair) टाईटलमा विश्व रेकर्ड कायम गर्ने तयारी गरेका हुन्।
छिरिङ शेर्पा चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको विजेता हुन्। उनले चर्चित कलाकार तथा कोरियोग्राफर कोरियोग्राफर सरोज प्रजासँग मिलेर जीत हासिल गरेका थिए। शेर्पा समुदायकी पहिलो नायिका छिरिङ शेर्पाको पुरा नाम छिरिङ डोमा शेर्पा हो। शेर्पा फिल्म्स संघ नेपालकी अध्यक्ष समेत रहेकी छिरिङ, मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन्।
शेर्पा भाषाको चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न साँस्कृतिक कलाहरुमा चर्चा कमाएकी छिरिङले नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन्।
मिस ईण्डीजिनियस हेरिटेज नेपाल २०१६ जितेकी छिरिङले मिस टिनेजर ईन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधी पनि जितेकी थिईन्। आईडियल ईङ्ग्लीस सेकेण्डरी स्कुलबाट मार्केटिङ एडभरटाईजिङ बिजनेश स्टडिज अध्ययन गरेकी छिरिङले बज्र ईन्टरनेशनल कलेजमा औपचारिक रुपमा नृत्य सिकेकी छिन्। पद्मकन्या क्याम्पसमा बिए अध्ययन गरेकी छिरिङले बिजनेश म्यानेजमेन्ट र फेसन डिजाईनिङ पनि अध्ययन गरेकी छिन्। उनी गौतम बुद्ध फिल्म प्रालीका निर्देशक पनि हुन्।
जेडी तमु पनि डान्सिङ स्टार्स नेपालका फाईनालिष्ट हुन्। उनले नायिका तथा मोडल परमिता रानासँग मिलेर सेकेण्ड रनर अप भएका थिए। जेडी चर्चित डान्सर तथा कोरियोग्राफर हुन्। उनको पुरा नाम जगदिश गुरुङ हो। ईलाम निवासी जेडी नृत्य क्षेत्रमा चर्चित छन्।
वाई स्ट्याण्ड डान्स स्कूलमा नृत्य पनि सिकाईरहेका जेडीले नेपा डान्स एकेडेमी, अरपिता स्टेपअप डान्स एकेडेमी लगायतका विभिन्न डान्स एकेडेमीमा प्रशिक्षक रुपमा काम गरिसकेका छन्। उनले टेरेन्स लुईस प्रोफेसनल ट्रेनिङ ईन्स्टिच्युटबाट नृत्यमा डिप्लोमा गरेका छन्। डान्सर, कोरियोग्राफरका रुपमा परिचित जेडी एक सफल भ्लगर पनि हुन्। उनी विशेषगरी कन्टेम्प्ररी, ज्याज र ब्यालेट डान्समा पोख्त छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment