एक वर्ष परिवारलाई समय दिँदै आमिर

डिसी नेपाल
२९ कार्तिक २०७९ १०:२७
216
Shares

मुम्बई। अभिनेता आमिर खानका फ्यान उनको नयाँ प्रोजेक्टका लागि उत्साहित छन्। फिल्म ‘लाल सिंह चड्डा’को असफलतापछि आमिर नयाँ फिल्म ‘च्याम्पियन’को तयारीमा छन्। तर फ्यानले यो फिल्म हेर्न झण्डै एक वर्ष पर्खनुपर्नेछ।

आमिर विगत ३५ वर्षदेखि बलिउडमा सक्रिय छन्। यही सक्रियताका कारण उनले परिवारलाई उत्कृष्ट समय दिन सकेका छैनन्। फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज पछि आमिर परिवारसँग समय बिताइरहेका छन्। आफ्नो प्रतिक्षित प्रोजेक्टको काम उनी आगामी वर्षको अन्त्यसम्म गर्नेछन् । यो एक वर्षको अवधिको समय उनले परिवारलाई दिनेछन्।

अभिनेता होइन, निर्माता
आमिरका अनुसार उनी फिल्म ‘च्याम्पियन’मा अभिनेता नभई निर्माताका रुपमा आफ्नो भूमिका देखाउनेछन्। ‘यो फिल्म निर्माणको मामलामा मेरा लागि नयाँ हुनेछ । यसलाई लिएर उत्साहित छु’, उनले भनेका छन्।

धमाकेदार स्कृप्ट
आमिरले नयाँ फिल्म सुन्दर र धमाकेदार हुने बताए। ‘च्याम्पियन एक सुन्दर फिल्म हो र यसको स्क्रिप्ट निकै धमाकेदार छ। जसले दर्शकको मन छुन्छ’, उनले भनेका छन्। आमिर यो प्रोजेक्ट आमिर खान प्रोडक्सनसँगै सोनी पिक्चर्स र २०० नटआउट प्रोडक्सनको व्यानरमा निर्माण गर्नेछन्।

आमिरको फिल्म ‘लाल सिंह चढ्ढा’ गत अगष्टमा रिलिज भएको थियो। अद्वैत चन्दन निर्देशित फिल्म सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक थियो। यो फिल्मको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो। जसको असर फिल्मको बक्सअफिस कलेक्सनमा देखियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *