आदिपुरुषमा हुनेछैन सैफको दाह्री
मुम्बई। बलिउड सुपरस्टार प्रभास र अभिनेत्री कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’को टिजर रिलिज हुनासाथ टिजर दर्शकको निशानामा पर्याे। ओम राउत निर्देशित फिल्मको टिजरमा रावणको भूमिकामा देखिएका सैफ अली खानको लुक्स र हनुमानको लुक्समा दर्शकले आपत्ति जनाए।
दर्शकले फिल्ममा रामायणलाई इस्लामीकरण गरेको आरोप पनि लगाए। दर्शकको विरोधपछि निर्माताले फिल्मको रिलिज मितिलाई सारे। रिलिज मिति सारेपछि उनीहरुले फिल्मभित्र पात्रको लुक्स र केही भीएफएक्स परिवर्तन गर्ने काम सुरु गरिसकेका छन्।
निर्माताले फिल्मको बजेट सय करोड बढाएर भीएफएक्सको काम सुरु गरिसकेका छन्। टिजरमा सैफ अली खानको दाह्रीलाई भीएफएक्सको माध्यमबाट हटाइनेछ। निर्माताले बिना दाह्रीको रावणका रुपमा सैफलाई प्रस्तुत गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment