राजनीतिबारे बोल्दा कामविहीन बने प्रकाशराज

डिसी नेपाल
३० कार्तिक २०७९ ९:२८
204
Shares

मुम्बई। साउथका दिग्गज अभिनेता प्रकाश राजले आफूले राजनीतिक मुद्दाबारे बोल्दा बेरोजगार हुनु परेको खुलासा गरेका छन्। उनले आफूले विचार राख्दा फिल्मकर्मी रिसाएर काम गर्न नचाहेको उल्लेख गर्दै त्यसमा आफ्नो गुनासो नरहेको दाबी गरेका छन्।

पछिल्ला केही वर्षदेखि प्रकाश राज निरन्तर राजनीतिक मुद्दामा आफ्नो राय राख्दै आएका छन्। यो रायका कारण उनी कैयौं पटक विवादमा पनि मुछिएका छन्। प्रकाश केन्द्र सरकारको प्रमुख आलोचकका रुपमा परिचित छन्।

यहाँसम्म कि सन् २०१९ मा अभिनेताले बेङ्लोरबाट चुनाव पनि लडेका थिए। उनी नियमित रुपमा सामाजिक र राजनीतिक मुद्दामा ट्वीट गरिरहन्छन्। हालैमात्र उनले एक अन्तर्वार्तामा राजनीतिक विचार राखेका कारण आफूले केही नोक्सानी पनि व्यहोर्नु परेको खुलाएका छन्।

‘मेरो राजनीतिक सोच र विचारले मेरो कामलाई प्रभावित बनाएको छ। साउथ र बलिउडमा यति लामो समय काम गर्दा बनाएका सम्बन्धमा अहिले दरार आइसकेको छ। केही मानिसहरु मसँग काम गर्न चाहेका छैनन्। यो यसकारणले होइन कि उनीहरुलाई यसो गर्न भनिएको छ। मेरो कारणले उनीहरुको काम स्वीकृत नहोला भन्ने उनीहरुमा डर छ। म यति मजबुत र धनी छु कि सबै गुमाउन सक्छु। यद्यपि मलाई लाग्छ कि मेरो डर कसैको तागत हुनेछ’, उनले भनेका छन्।

अभिनेताले आफूलाई कुनै पछुतो नरहेको दाबी गरेका छन्। ‘अब मलाई थाहा भयो कि को के हो ? म अझ बढी स्वतन्त्र महशुस गर्न सक्छु किनकी यदि मैले आफ्नो आवाज उठाइन भने त म आफ्नो भूमिकाका कारण मात्र एक राम्रो अभिनेताका रुपमा मात्र चिनिन्थें। तर यसो गर्न सकिनँ। त्यही कारण मैले अहिले यसको मूल्य चुकाइरहेको छु’,उनले अगाडि भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *