फिल्मी चरित्रका कारण मानसिक तनाव झेलेका यी कलाकार

डिसी नेपाल
३० कार्तिक २०७९ १०:१६
3.0k
Shares

मुम्बई। फिल्ममा आफ्नो भूमिकालाई वास्तविक देखाउनका लागि कलाकारले तमाम पापड बेल्नुपर्छ। शारीरिक रूपले भूमिकामा ढाल्नका लागि जिममा घण्टौं पसिना बगाउनुपर्छ। आवश्यकता परे तौल बढाउन पनि कञ्जुस्याइ गर्दैनन्। यो रह्यो शारीरिक बद्लावको कुरा।

तर, कैयौं यस्ता कलाकार छन्, जसले कुनै पनि भूमिकाको लागि मानसिक बद्लावको पनि सामना गर्नु परेको छ। सुटिङका समयमा कैयौं भूमिका निभाउँदा निभाउँदै उनीहरू सोही चरित्रमा डुबिरहन्छन्। जसको कारण उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको छ। कैयौं पटक त उनीहरू मानसिक रुपले विक्षिप्त पनि हुन्छन्। बलिउडमा यस्ता केही कलाकार छन्, जो चरित्र निभाइरहँदा मानसिक रुपमा विक्षिप्त पनि बने।

दीपिका पादुकोण
सन् २०२० मा रिलिज फिल्म ‘छपाक’मा दीपिका पादुकोणले एसिड आक्रमणबाट पीडित महिला लक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन्। १५ वर्षको उमेरमा लक्ष्मीमाथि एसिड आक्रमण भएको हुन्छ। यो घटनापछि उनी एसिड बिक्री रोक्नका लागि लामो कानूनी लडाईँ लडेकी हुन्छिन्। फिल्ममा दीपिकाको अभिनयको सबैले प्रशंसा गरेका थिए। दीपिकाका अनुसार यो भूमिकाको प्रभावबाट बाहिर निस्कनलाई उनले यसमा प्रयोग गरिएको प्रोस्थेटिक्स नष्ट गर्नु परेको थियो।

प्रियंका चोपड़ा
देशी गर्ल प्रियंका चोपडा पनि यो स्थितिबाट मुक्त छैनन्। फिल्म ‘बाजीराव मस्तानी’मा प्रियंकाले बाजीरावकी पत्नी काशीबाईको भूमिका निर्वाह गरेकी थिइन्। काशीबाईको भूमिका यस्तो पत्नीको हो, जो महलमा रहँदारहँदै उनका पति अर्को पत्नी लिएर आउँछन्। प्रियंकाले यो भूमिका निकै कष्टपूर्ण रहेको बताएकी छन्। किनकी प्रियंका निकै संवेदनशिल छिन्। काशीबाईको संवाद बोलिरहँदा उनी भित्रबाट रोएकी थिइन्।

राजकुमार राव
फिल्म ‘ट्रयाप्ड’ राजकुमार रावको शानदार फिल्ममध्ये एक हो। फिल्ममा उनले गल्तीले एक घरमा बन्धक युवकको भूमिका निर्वाह गरेका छन्। जुन घरमा बिजुली र पानी केही हुँदैन। फिल्म प्रमोसनका समयमा राजकुमारले फिल्मको तयारीका लागि शारीरिक र मानसिक रुपमा निकै तनाव झेल्नु परेको खुलाएका थिए। उनले करिब २० दिन गाँजर खाएर र कफि पिएर बिताएका थिए ।

जान्हवी कपूर
केही समयअघि रिलिज फिल्म ‘मिली’मा अभिनय गर्दा अभिनेत्री जान्हवी कपूरले पनि यस्तै समस्या भोग्नुपर्यो। फिल्म ‘ट्रयाप्ड’को जस्तै यो पनि एक संघर्षपूर्ण कथा हो। जसमा मिली एक प्रिजमा फस्छिन्। जान्हवीका अनुसार फिल्मको सुटिङका समयमा उनको मानसिक स्वास्थ्यमा दुष्प्रभाव बढेको थियो। उनी सपनामा पनि फ्रिजमै बसेको देख्थिइन्। उनी बिमारी भइन् र दुई दिनसम्म पेन किलर खाएर बसिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *