सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

डिसी नेपाल
३० कार्तिक २०७९ १२:१३

काठमाडौँ। सिद्धार्थ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९.४७३७ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ रुपैयाँले हुन आउने १२ करोड २० लाख २१ हजार ५३ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीले बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने र प्रिमियर इन्स्योरेन्ससँग मर्जरपश्चात एकीकृत कारोबार भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *