नागरिक लगानी कोषको खुद नाफा १७.९९ प्रतिशतले बढ्यो, इपिएस कति ?

डिसी नेपाल
३० कार्तिक २०७९ १४:१२

काठमाडौँ। नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १७.९९ प्रतिशतले बढेको छ।  गत वर्ष १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले समिक्षा अवधि बढाएर २३ करोड २७ लाख रुपैयाँ कमाउन सफल भएको छ।

कम्पनीको खुद ब्याज आम्दानी ७३.४१ प्रतिशतले बढेर १० करोड १२ लाख रुपैयाँ कमाएको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। समिक्षा अवधिमा  सेवा शुल्क तथा कमिसन आम्दानी २८ करोड १२ लाख रुपैयाँबाट बढेर २९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

यो प्रथम त्रैमाससम्ममा कम्पनीको सेयर प्रिमियम २८ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष सेयर प्रिमियम १ अर्ब २६ करोड रुपैयाँ थियो। चुक्तापुँजी ४ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष बढेर ३१ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यहि अवधिमा कम्पनीको जगेडा कोषमा १९ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको खुद नाफा बढे पनि प्रति सेयर आम्दानी भने घटेको छ।  कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ २३ पैसाले घटेर २१ रुपैयाँ ९० पैसामा झरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २४ रुपैयाँ १३ पैसा रहेको थियो। यता, कम्पनीको प्रति सेयर नेटवर्थ १ सय ८९ रुपैयाँ ०५ पैसा रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *