ज्योती लाईफ इन्स्योरेन्सद्वारा दावी भुक्तानी रकम हस्तान्तरण

डिसी नेपाल
३० कार्तिक २०७९ १८:०२

दाङ । ज्योती लाईफ इन्स्योरेन्स कम्पनी घोराही दाङ द्वारा दावी भुक्तानी स्वरूप पांच लाख‌ रकम हस्तान्तरण गरिएको छ। रोल्पा जिल्ला रुण्टिगडी गाउँपालिका वडा नं ७ निवासी सुनिता कवरको मृत्यु पश्चात सो रकम निजका श्रीमान शेरवहादुर वस्नेतलाई हस्तान्तरण गरिएको हो।

आफ्नो सात वर्षीय छोराको नाममा विमा गरेकि सुनिता संरक्षक रहेकि थिईन। अप्रत्यासित रुपमा श्रीमतीको मृत्युपश्चात विमा गरे वापतको रकम निजका श्रीमान शेरबहादुर वस्नेतलाई हस्तान्तरण गरिएको ज्योती लाईफ इन्स्योरेन्स कम्पनीका क्षत्रिय प्रमुख मोहन पुरीले बताए।

भैपरि आउने घटनालाई कसैले रोक्न नसक्ने बताउँदै प्रमुख पुरीले इन्स्योरेन्स कम्पनीले मलमपट्टीको काम गर्ने वताए। प्रत्येक परीवारका सदस्यलाई विमा अति आवश्यक भैसकेको र हामीले सेवाग्राहीलाई इन्स्योरेन्सको विषयमा बुझाउदै विमा कम्पनीको प्रभावकारीता वारे वताउदै आएको उनले बताए।
इन्स्योरेन्स गरेका विमकलाई जिवितै रहदा भुक्तानी लिन राम्रो पक्ष हो भने अकल्पनीय घटनाका कारण कसैको मृत्यु नहोस भन्ने इन्स्योरेन्स कम्पनीको चाहना हुने पुरीले बताए ।

श्रीमतीको सल्लाह वमोजिम छोराको नाममा विमा गरिएको र विमा वापतको रकम छोराछोरीको स्वास्थ्य एवं शिक्षामा खर्च गर्ने शेरबहादुर वस्नेतले वताउँदै आफ्ना सवै सन्तानको विमा ज्योती लाईफमा गरीदिने‌ बताए। अव सवै घरका सदस्यलाई विमा अति आवश्यक भैसकेकोले सुरक्षित जिवनयापनका लागि विमा गर्न उनले सवैलाई आग्रह गरे।

विमा वापतको रकमको चेक वुझ्दै शेरबहादुरले आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि ज्योती लाईफ इन्स्योरेन्स लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहिरहने वताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *