प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
१ मंसिर २०७९ ९:१९

काठमाडौँ।  प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीले प्रस्ताव गरेको लाभांशमा चुक्तापुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ६८ हजार ४८० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएका छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *