बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१ मंसिर २०७९ १०:४०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *