शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२ मंसिर २०७९ १०:४५

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति तोला ९८ हजार १ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *