व्यंग्य : मलाई नै भोट दिनोस्

बलदेव महत
३ मंसिर २०७९ ७:४४

तपाईंहरूको गाउँलाई देशको सबैभन्दा राम्रो ठाउँको नाउँ दिन सक्छु भन्ने उद्देश्यले म पनि यो चुनावमा उत्रिएको छु। हाम्रो पार्टीको हुललाई जिताउनुभयो भने मात्रै चौतर्फी विकासको मूल फुट्ने हुनाले अरूलार्ई भोट दिने भूल तपाईंहरूले गर्नुहुन्न भन्ने कुरामा म फूल बिश्वास गर्छु।

हुन पनि तपाईं जनताकै भक्तिमा अहिलेसम्म आफ्नो सम्पूर्ण शक्ति मैले लगाएको छु। जनताको लागि के मात्रै गरिएन। त्यसको पूरा विवरणको कुरामात्र उठाउँदा पनि बृद्धदेखि भुरासम्मले हाम्रो काम सम्झन्छन्। हामीले अहिलेसम्म गरेका सबै कामजति जनताका मामकै लागि मात्रै हो।

जनताको भलाई गर्न खोज्दा विरोधीले अगाडि पर्न नदिएपछि त हाम्रो के लाग्छ र? तैपनि तपाईंहरूले दूधको दूध पानीको पानी छुट्याउन सक्ने हुनाले यति लामो कुरा झिक्नुपरेको हो। तपाईंहरूले नै सबै भ्रष्टहरूलाई प्रस्टसँग चिन्न सक्नुहुन्छ।

हामीजस्तो जनताको काम गर्ने सेवकहरूको नाम तपाईंहरूले पक्का पनि बिर्सनु हुन्न भन्ने मलार्ई राम्ररी थाहा छ। हुन त तपाईंहरूलार्ई नै यस्ता कुरा धेरैले सुनाए होलान्। तर हामी अरू जस्तो फलाक्ने मात्रै होइनौं। हामी गरेर देखाउँछाैं। सके गर्छौं नसके मर्छाैं। यति गर्दापनि भएन भने मार्छौं पनि।

अहिले मात्रै हैन, पहिले पनि तपाईंहरूले देखेकै र भोगेकै कुरा हो, दोहो¥याइरहनु आवश्यक छैन। तैपनि यसो सम्झाएको मात्रै हुँ। के गर्नु! यस्तो बेलामा हरेक कुरा ज्यादै सोचेर र विरोधीहरूलाई मजाले घोचेर मात्रै बोल्नुपर्छ। नत्र कसैले पत्याउँदैन।

निकट भविष्यको चुनावमा टिकट पाउन मैले कति बिकट परिस्थितिको सामना गरेँ, त्यो मलार्ई मात्रै थाहा छ। यसभन्दा अगाडि पनि तपाईंहरूकै आशीर्वादले चुनाव लडें, दुई-चार तह माथि बढेँ, तपाईंहरूकै सबै समस्यालाई मन्त्रालयको तहमा बसेर पढेर तपाईंहरूको समस्या सुल्झाउनुपर्ने कुरामा राम्ररी गढेँ। तर विरोधीहरूले काम नै गर्न नदिएपछि मेरो पनि के लाग्छ र?

तपाईंहरूको भोटले नराम्रोसित नोट कमायो, गतिलो ठाउमा मजैले खुट्टा जमायो, कसैले हल्लाउन नसक्ने गरी गतिलै रूखको फेदै समायो इत्यादि इत्यादि हल्ला चलाएर कतिले मेरो बदनाम पनि गर्न खोजे। तैपनि कसैले कुनै खोट फेला पारेर मेरो भविष्यमा चोट पुर्‍याउन सकेन।

बिगत झण्डै तिन पुुस्तादेखि चलिरहेको हाम्रो राजनैतिक खेती यसैगरि चल्दै गएमा जनताको विरोधीहरू ढल्दै जानेछन् र बिनासित्तीमा विरोध गर्नेहरू गल्दै जानेछन् अनि हाम्रो भविष्य अझै राम्ररी फल्दै आउनेछ भन्ने कुरामा तपाईंहरूलाई के लागेको छ कुन्नि? तर म चाहिँ पूरा बिश्वस्त भएको कुरा तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु।

मतदाता र उम्मेदवार बीच ज्यादै गाढा सम्बन्ध हुने हुनाले तपाईंहरूलाई मैले कहिले पनि टाढा सम्झेको छैन। त्यसैले मेरो मनमा लागेको सबै कुरा भन्छु। सबै भन्दा पहिले त तपाईंहरूसित मेरो एउटा गुनासो छ। त्यो के भने हामी आफ्नो सबै सुखदुःख बिर्सेर चुनावको मुखमा मात्र तपाईंहरूलाई भेट्न आउँदा नानाभाँतीका लाञ्छना लगाइदिएपछि त होसहवास गइहाल्छ नि।

म र म जस्ता योग्य सक्षम र काबिल उम्मेदवारले चुुनाव जित्नै पर्छ। हामीले त कुुनैपनि हालतमा हार्नै हुँदैन। हामी हार्नको लागि जन्मिएकै होइनौँ भनेर नबुुझे देशमा ठूलो दुर्घटना हुन्छ। हामीले हार्‍याे   भने यो देशले हार्नेछ, संबिधानले हार्नेछ। यो ब्यबस्थाले हार्नेछ। सम्पूर्ण जनताले हार्नेछ। हाम्रा समादरणीय बिदेशी मालिकहरुले हार्नेछन्।

साना चित्त भए का मान्छेहरूले जस्तो माना मुठीका कुरा झिकेर समय खेर नफाल्नोस्। मलार्ई चुनाव जिताउने काममात्रै गर्नोस् त, तपाईंहरूका हरेक समस्याहरूलाई बिताउने कामको ग्यारेन्टी म लिन्छु।

हामीलाई सारा देशको चिन्ता छ। देशलाई कसरी माथि उठाउने, कसरी समृद्धिशाली बनाउने, कसरी आर्थिक उन्नति गर्ने, सबै जनाको पेट कसरी भर्ने, जनताको स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगारी,भ्रष्टाचारको समूूल नियन्त्रण र सर्वाङगीण विकासको लागि कसरी अघि सर्ने भन्नेमा हामीलाई कति चिन्ता छ। पहिलेदेखि नै यसमा हामी कति दत्तचित्त छौं भनेर जति बोलेपनि कम हुन्छ।

यसभन्दा अघिल्लो चुनाव जितेर सात पुस्तालाई पुग्ने ब्यवस्था गर्‍यो, आफ्ना नजिकका नातेदार र आन्तहरूको मात्रै पोल्टो भर्‍यो, राष्ट्रिय ढुकुटीमा मजाले च¥यो, अरू कैयौं चुनावमा लाग्ने खर्च आफैंले धान्न सक्नेमा पर्‍यो अनि नगद नारायणको दर्शनको लागि साह्रै तल्लो स्तरमा समेत झर्‍यो भनेर पनि मलार्ई कसै कसैले भन्ने गरेका रहेछन्।

त्यो चाहिं केही नबुझ्ने अबुझहरूले मात्रै भनेका हुन्। बुझ्नेले त कुरो बुझेकै छन्। भर्खरका चल्ला जस्तो बेकारमा हल्ला गर्नुपर्ने कुरै छैन। मौकामा मति बिगारेर भेटेजति नकुम्ल्याएको भए आज मेरो कुन गति हुन्थ्यो भन्नेपनि त सोचिदिन पर्छ नि।

तपाइँहरुको भलाईको लागि के के मात्रै गरिएन र कतिसम्म गर्न अघि सरिएन भन्ने तपाईहरुले राम्ररी देख्नुु भएकै छ। यसैको लागि झण्डै पौने सताब्दिसम्म बिभिन्न खाले आन्दोलन गराएर तपाइँहरुको बुुइ चढ्दै यहाँसम्म आउँदा धेरैथरिका मान्छेहरु हामीसँग डराएका भएर बिदेशीहरुलेपनि गतिलो खेताला हुुनाले हामीलाई नै सबैथोक अराएका छन्।

भगवानकोभन्दा बढि जनताको नाम जप्ने र यसैमार्फत आफ्नो र आफन्तको नाममा नगद थप्ने काम सुरुदेखि अहिलेसम्म चालुु छ। म र म जस्ता सबै नेताका दलहरुले मान्छे मार्ने, काट्ने, चुुट्ने र लुुट्ने गरेरै यहाँसम्म आएका अनि त्यसैको ब्याज खाएका हुुनाले यसमा मैले भन्न लाज मानिराख्न पर्ने केही छैन। अझ एकजना स्वघोषित महान सहकर्मीले त सत्र हजारभन्दा बढि जनता मारेर भएपनि आफ्ना सातपुुस्ता तारेर क्याल्कुुलेटरले पनि गन्न नसक्ने गरी कमाएका छन् रे भन्ने हल्ला छ।

बैंक लुट्ने, पाँचद श रुपैयाँसम्म नगदको कारोबार हुुनेदेखि ठूलाठूला ब्यापारी, भ्रष्टाचारी, शिक्षक, कर्मचारी, निमुुखा जनता आदि कसैलाई पनि नछोडि स्वइच्छाले भनिएको जबरजस्ति चन्दाबाट जनताकोलागि उठाएको रकमको फाँटवारी बनाउन सकिने कुुरै भएन। झण्डै तिस पैँतिस बर्षसम्म एकछत्र चुुनाव जितेर सबैतिर सत्र भएको देख्दापनि अलपत्र देख्नु त बिरोधीको धर्मै हो। त्यसमा बिश्वास नगर्नु होला।

म र म जस्ता योग्य सक्षम र काबिल उम्मेदवारले चुुनाव जित्नै पर्छ। हामीले त कुुनैपनि हालतमा हार्नै हुँदैन। हामी हार्नको लागि जन्मिएकै होइनौँ भनेर नबुुझे देशमा ठूलो दुुर्घटना हुन्छ। हामीले हार्‍याे   भने यो देशले हार्नेछ, संबिधानले हार्नेछ। यो ब्यबस्थाले हार्नेछ। सम्पूर्ण जनताले हार्नेछ। हाम्रा समादरणीय बिदेशी मालिकहरुले हार्नेछन्।

अहिले सत्ताको सम्पूूर्ण सुख सुबिधाहरु पाइरहेका र हाम्रो नामबाट सबैतिर चरेर खाइरहेका नजिकका नातेदारहरुले हार्नेछन्। त्यहि भएर हामी आफ्ना बाहेक अन्यलाई दलभित्र तारा खसाल्ने काम गरेको भएपनि चुुनाव जिताएर संसदमा पसाल्ने काम गर्नुभन्दा टिकट नदिएर थला बसाल्ने काम खुलेआम रुपमा गर्छौँ। उसैपनि चुनावको टिकट ठूलो मूूल्यमा बिक्री हुन्छ।

अझ समानुपातिकको सिट त जति बोल्यो त्यतिमा बिक्री हुने हुनाले ज्यादै हिट रहेको छ। अलिअलि आफ्ना श्रीमतीहरु र आफन्तहरुलाई छुुट्याएर बिक्री गर्दा एकदुई दिनमा गन्न नसकिने कुरा सबैलाई भन्न भएन। चुनाव जित्नकै लागि हामी मध्येका कोही कोही चुनाव क्षेत्र खोज्दै र नयाँ ठाउँ रोज्दै हिँड्नेमा कहलिएका भए पनि पर्यटक उम्मेदवार भएर टहलिएका भनेर प्रख्यात छन्। आम्मै, बोल्दै जाँदा गोप्य कुुराहरु पनि खोल्दै गइएछ र अलि अनियन्त्रित भइएछ। माफ गर्नुहोला।

जे होस्, यति धेरै कुरा गरी नै हालियो, सधैं झै यसपाली पनि चुनावमा पाइला चालियो, आफूसँग भएका लाज, घिन र सरम पनि फर्कन नसक्ने गरी फालियो, सपरिवारसँगै बसेर जनताका नाममा बिटाका बिटा नोट थन्काउने बानी पनि थालियो, विरोध गर्ने र भोट दिन्न भन्नेलाई गच्छे अनुसार मुख पनि टालियो अनि यसपालि पनि तपाईंहरूले पक्का मलार्ई नै जिताउनु हुन्छ र मेरा विरोधीहरूलाई बिताउनु हुन्छ भन्ने आशा पनि मनमा पालियो।

अनुभवीले विशेष ग्राह्यता त सबै क्षेत्रमा पाउनै पनि पर्छ। कोरा नयाँ अनुहार ल्याउँदा तपाईंहरूलाई नै घाटा छ। किनभने हामीले त तपाईंहरूको नाममा कमाउने, कमाएको नगदलाई लाभदायक ठाउँमा जमाउने र त्यसको फलबाट मजाले रमाउने जस्ता सबै कुरा गरिसक्याैं।

अब चाहिँ धन जगाउने भन्दा तपाईंहरूको हितमा मन लगाउने अठोट गरेको छु। अब पनि कमाएर राख्ने ठाउं नै छैन। स्वदेशदेखि बिदेशसम्मका बैँकहरुमा गोप्यता पूर्बक तपाईंहरुको धन सुरक्षित राखेको र त्यसबाट सबै सुुख चाखेको कुरा सबैलाई थाहा भएकै छ। नयाँ मान्छेलाई जिताउनु भनेको अर्को पाच वर्षभित्र केही काम नभएर आफैंलाई बिताउनु र केही भइहाल्छ कि भनेर चिताउनु मात्रै हो।

किनभने नयाँले जित्यो भने सुरूदेखि नै आफ्नो लागि सम्पत्ति जोर्न, भेटेजति चोर्न अनि नगद हात लाग्ने भएपछि ढुकुटी पनि फोर्न थालिहाल्छ। तपाईंहरू त जस्ताको तस्तै।

त्यसैले मेरो दिब्य सल्लाह मान्नुहुन्छ भने तपाईंहरू आफ्नो भलोको लागि ज्यादै अनुभवी र अब लोभलालच गरी राख्नु नपर्ने अति योग्य उम्मेदवार म मात्रै भएको हुनाले मलार्ई नै भोट दिनोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *