रुपन्देहीमा मतदानको लागि तयारी पुरा (फोटो फिचर)

डिसी नेपाल
३ मंसिर २०७९ २०:०४

भैरहवा । भोली हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको तयारी रुपन्देहीको भैरहवामा पुरा भएको छ । सिद्धार्थनगरमा रहेका १३ वटै वडामा तयारी पुरा भएको मतदान अधिकृतहरूले जानकारी दिएका छन् ।

रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका छन् । ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको जिल्लामा २ सय ८ मतदान स्थल छ भने ५ वटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ ।

कार्यालयका अनुसार रूपन्देही–१ मा प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा १ मा ११ र २ मा १४ जना उम्मेदवार छन् । रूपन्देही–२ मा प्रतिनिधिसभातर्फ १५, प्रदेशसभा १ मा १२ र २ मा ११ जना उम्मेदवार छन् ।

त्यस्तै रूपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२, प्रदेशसभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन् । रूपन्देही–४ मा प्रतिनिधिसभातर्फ १३, प्रदेशसभा १ मा ६ र २ मा १२ जना उम्मेदवार छन् । रूपन्देही ५ प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा १ मा १३ र २ मा १४ जना उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार समग्र जिल्लामा तयारी पूरा भएको छ । विहान ७ बजे देखि मतदान हुने हुदा सबै जनशक्तिहरु फिल्डमा पुगिसकेका छन् । जिल्लाका हरेक मतदान केन्द्र र स्थलमा सुरक्षाकर्मी खटाइसकिएको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ  ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *