यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
५ मंसिर २०७९ ९:१६

काठमाडौं। नेपाल राष्ट्र बैंकलेसोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ छ।

युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा कायम भएको छ भने सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *