सोमबार ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

डिसी नेपाल
५ मंसिर २०७९ १०:५२

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रुपैयाँलेघटेर प्रति तोला ९७ हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार  रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *