दोस्रो स्थानमा उक्लिएका सागर र देउवाबीचको मतान्तर कति ?

डिसी नेपाल
५ मंसिर २०७९ १८:१४

काठमाडौं । डडेल्धुरामा स्वतन्त्र उम्मेद्वार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् ।

५०० मत गन्दा तेस्रो नम्बरमा रहेका ढकाल एक हजार मत गणना हुँदा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएका हुन् ।

यस क्षेत्रमा एक हजार मत गणना हुँदा प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४६३ मत ल्याएका छन् ।

दोस्रो नम्बरमा रहेका ढकालले २४१ मत पाएका छन् भने कर्णबहादुर मल्ल २०९ मतका साथ ढकाललाई पछ्याई रहेका छन् । ढकाल र देउवाबीच २२२ को मतान्तर रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *