जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि

डिसी नेपाल
६ मंसिर २०७९ ४:२८
1.1k
Shares

जुम्ला । जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गरेका छन्।

यहाँ राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा (कुँवर) ले एक हजार ५० मत पाएकी छन्।

त्यस्तै एमालेका रतननाथ योगीले चार सय ४७ मत प्राप्त गरेका छन् । यहाँ नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गरेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *