रिडी पावर कम्पनीले गर्यो बम्पर लाभांश घोषणा

डिसी नेपाल
७ मंसिर २०७९ ११:४५

काठमाडौँ। रिडी पावर कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट ४० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। यसका साथै बोनसमा लाग्ने कर तिर्न २.१० प्रतिशत नगद लाभांश पनि वितरण पनि गर्ने भएको छ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *