७.७२ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
७ मंसिर २०७९ १५:१६

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.७७ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४९ अङ्कले घटेर ३८१.०६ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २ करोड २२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल बैंक शीर्ष स्थानमा छ। यसको आज १२ करोड ७७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा सिभिल बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये २ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सिभिल बैंक र घलेम्दी हाइड्रोको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स फण्ड -३ का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *