युनाइटेड इदी मर्दीद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति तय

डिसी नेपाल
८ मंसिर २०७९ ९:३०

काठमाडौँ। युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (करसहित)  दिने निर्णय गरेको हो।

यसका साथै बैठकले बार्षिक साधारण सभा र बुकक्लोज मिति तय गरेको छ। कम्पनीको १३ औँ वार्षिक साधारणसभा मंसिर २८ गते गर्ने निर्णय गरेको छ। सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा १०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत दस्तावेजहरु पेश गर्नेछ।

प्रस्तावित लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १६ गते बुक क्लोज गर्ने मिति तय गरेको छ। यस अनुसार मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश प्राप्त गर्ने र सभामा भाग लिन पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *