ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
८ मंसिर २०७९ ११:१२

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *