शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

डिसी नेपाल
८ मंसिर २०७९ १२:१८

काठमाडौँ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.७० प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

बैंकले हाल कायम चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ रुपैयाँको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८.९० रुपैयाँबराबरको बोनस सेयर र बोनसमा लाग्ने कर तिर्नको लागि ०.७० प्रतिशतले हुन आउने २ करोड ६४ लाख ६७ हजार ६३.१० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *