२० अर्बको ट्रेजरी बिल्स खरिद गर्दै राष्ट्र बैंक

डिसी नेपाल
८ मंसिर २०७९ १२:४५

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल्स खरिद गर्ने भएको छ।

यसका लागि ट्रेजरी बिल्स बिक्री गर्न चाहने बैंक तथा वित्तिय संस्थाले आज बिहिबार  २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गरिसक्नुपर्नेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि मंसिर ९ गते तय गरिएको छ।

बोलकबोल गर्दा काउण्टर पार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ।

बोलकबोल गर्दा ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। उदाहरणका लागि १ सय रुपैयाँको ट्रेजरी बिल्स कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ। ट्रेजरी बिल्सको परिमाण ५ करोड वा  ५ करोड रुपैयाँले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *