शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
९ मंसिर २०७९ ८:४८

काठमाडौं। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै  एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३२ पैसा र बिक्रीदर १३० रुपैयाँ ९२ पैसा रहेको छ। बिहिबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा कायम छ। अष्ट्रेलियन डलर खरिदमा ८७ रुपैयाँ ९९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *