हेर्नुहोस् शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
९ मंसिर २०७९ ११:११

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *