रातभरी फुटबल हेरियो उता मेस्सीले जीते, यता तपाईंहरुले मलाई जिताउनु भयोः सुवास नेम्वाङ

डिसी नेपाल
११ मंसिर २०७९ १६:५७

इलाम– एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।

आज विजेता भएपछि मतदाताहरुलाई धन्वाद दिँदा निकै उत्साहित र खुसी देखिएका थिए । आफ्नो निर्वाचन क्षेत्रम विजय र्यालीमा हिडेका नेम्वाङ सभालाई सम्बोधन गर्दै विश्वकपमा मेस्सीले गोल हानेर अर्जेन्टीनालाई जित दिलाएको प्रति समेत खुसि व्यक्त गरेका थिए ।

आजको दिनमा आफुलाई दोहोरो खुसी मिलेको भन्दै उनले मतदातालाई धन्यवाद दिएका थिए । ‘राति १२ः४५ बजे फुटबल हेरियो, मेस्सीले गोल हाने, निकै खुसी लागेको छ । यता मलाई पनि जिताउनुभयो । तपाईंहरुलाई पनि बधाई छ,’ उनले भने । नेम्वाङ मेस्सीका हुन् ।

यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *