विश्वकप फुटबलमा बेल्जियममाथि मोरोक्कोकाे रोमान्चक जित

डिसी नेपाल
११ मंसिर २०७९ २०:५९

काठमाडौं । विश्वकप फुटबलमा मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा मोरोक्कोले बेल्जियमलाई २–० गोलले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको मोरोक्कोले दोस्रो हाफमा दुई गोल गरेको हो । मोरोक्कोका लागि अब्देलहामिद साविरी र जाकारिया अबौख्लालले गोल गरेका हुन् ।

खेलको ७३औँ मिनेटमा साविरीले गोल गर्दै मोरोक्कोलाई एक गोलको अग्रता दिलाए । साथै, खेलको अन्तिम समयमा जाकारियाले गोल गर्दै मोरोक्कोलाई २–० गोलको जित दिलाए ।

मोरोक्कोले दुई खेलबाट चार अंक बनाउँदै समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *