मतपत्र बदरका रोचक किस्सा: स्वस्तिक छापको सट्टा ल्याप्चे लगाउनेदेखि संघ र प्रदेशको एकै मतपत्रसम्म

डिसी नेपाल
१३ मंसिर २०७९ १२:१४

काठमाडौँ। आमनिर्वाचन २०७९ मा बदर मतको संख्या उच्च देखिएको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा देशभर लाखौंको संख्यामा मतपत्र बदर भएका हुन्। डोटी, मकवानपुर र नुवाकोटलगातका जिललाहरुमा ठूलो संख्यामा मतपत्र बदर भएको पाइएको हो।

ठूलो मात्रामा मतपत्र बदर हुनुमा मतदाता शिक्षाको अभाव नै प्रमुख कारण देखिन्छ। देशका शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढीजसो मतपत्र बदर हुनुले पनि मतदाता शिक्षाको पहुँचमा समस्या देखिँदा यस्तो भएको आंकलन गर्न सकिन्छ।

आमनिर्वाचनमा नुवाकोटमा झण्डै ७ प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा खसेको एक लाख ३० हजार १०१ मत खसेको थियो। उक्त मतगणनामा आठ हजार ९१९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।

देशभर यसरी मतपत्र बदर हुनुमा निर्वाचन आयोग र राजनीतिक दल तथा उम्मेदवारहरूले मतदाता शिक्षा प्रभावकारी बनाउन मेहनत नगरेको देखिन्छ। मतदान गर्ने सही तरिका सिकाउन नसक्दा र निर्वाचनमा खटिएका मतदान अधिकृतको लापरबाहीले बदर मत संख्या अपेक्षाभन्दा धेरै देखिएको छ।

आमनिर्वाचन २०७९ मा मत बदर हुनुमा मतदाताले एकभन्दा बढी चुनाव चिह्नमा संकेत गरेको, स्वस्तिक छापको सट्टा ल्याप्चे लगाएको, मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको, मतदातालाई संघ र प्रदेशको एउटै मतपत्र एकभन्दा बढी पटक दिएको लगायतका कमजोरी देखिएका निर्वाचन आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *