नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

डिसी नेपाल
१३ मंसिर २०७९ १४:४१
60
Shares

काठमाडौँ। नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना हुने भएको छ।  अखिल नेपाल टेबल टेनिस संघले प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लौनचौरस्थित प्रशिक्षण केन्द्रमा आयोजना हुने बताएको हो।

संघका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिताको लागि तयारी भइरहेको जनाए । ‘नेपालमा हुने निर्णयसँगै हामीले अन्तिम तयारी गरिरहेको छौं,’ चन्दले भने।  प्रतियोगितामा नेपालसहित ६ राष्ट्रको सहभागीता रहनेछ । भुटानसँग भने अन्तिम सल्लाह भइरहेको चन्दले बताएका छन्।

यस प्रतियोगिता ६० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिताको निर्देशक शंकर गौतमले बताए।  लिग कम नकआउट आधारमा हुने प्रतियोगिताबाट महिला तथा पुरुष पाँच–पाँच खेलाडी छनोट हुनेछन्। छनोट हुने खेलाडी एसियन च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन्। यसबाट छनोट हुने खेलाडी विश्व च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन्।

विश्व टेबल टेनिस च्याम्पियनसिप क्षेत्रीय छनोटका रूप काठमाडौमा हुन लागेको प्रतियोगितामा नेपालको पुरुषतर्फ रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे सहभागी हुनेछन्। यसैगरी महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगर रहेका छन्।

नेपाली टोलको मुख्य प्रशिक्षकमा संजीव ढुंगेल र सहायकमा संजय अर्याल र सन्ध्या शाक्य छन्। ढुंगेलले मुख्य खेलाडी स्यान्टु श्रेष्ठ नहुँदा केही दवाव हुने भएपनि अन्य खेलाडी क्षमतावान भएको बताए। ‘स्यान्टु नहुँदा केहि समस्या त हुन्छ। तर, अन्य खेलाडीसमेत क्षमतावान छन्,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *