९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

डिसी नेपाल
१४ मंसिर २०७९ ८:५६

काठमाडौँ। प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ।

अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ। एमालेले २६ लाख ९४ हजार १२४ मत ल्याएको छ भने कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित पछ्याइरहेको छ।

तेस्रोमा माओवादी केन्द्र रहेको छ। माओवादीले ११ लाख ४३ हजार ५०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित पछ्याइरहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८८ हजार ४८२ रहेको छ।

एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ। जनमत पार्टीको मत ३ लाख ४६ हजार ९७० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८१ हजार ३४८ छ। नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ४७ हजार ७०१ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *