घरको यस दिशामा रोप्नुहोस् तुलसीको बिरुवा

डिसी नेपाल
१४ मंसिर २०७९ १०:२१

काठमाडौं। हिन्दू धर्ममा तुलसीको बोटलाई पवित्र र पूजायोग्य मानिन्छ। यसमा लक्ष्मीको वास हुने जनविश्वास रहेको छ। वास्तुशास्त्रअनुसार जुन घरमा तुलसीको बिरुवाको नियमित पूजा गरिन्छ र बिहान बेलुका घ्यूको दियो प्रज्वलन गरिन्छ । त्यहाँ सधैं माता लक्ष्मीको बास हुन्छ भनिन्छ ।

तुलसीको बिरुवाको पूजा गर्नाले लक्ष्मी र भगवान विष्णुको कृपा रहने धर्मशास्त्रहरुमा उल्लेख भएको पाइन्छ। तर वास्तुशास्त्रमा तुलसीको बिरुवा राख्नका लागि धेरै नियम दिइएको छ । यसो गर्नाले घरको आर्थिक अवस्था सुध्रिन्छ र जीवनभर तिजोरीमा पैसाको कमी हुँदैन । घरमा राखिएको कुनै पनि वस्तुलाई सही दिशामा र सही स्थानमा राख्दा मात्र त्यसले सकारात्मक परिणाम दिन्छ।

चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्व का छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ।

साथै तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास रहिआएको छ ।

यस दिशामा तुलसीको बिरुवा रोप्नु हुँदैन:

–घरको छतमा तुलसीको बिरुवा कहिल्यै राख्नु हुँदैन। यदि कसैले यस्तो गर्छ भने उसले अशुभ परिणाम भोग्नुपर्छ।

–ज्योतिषशास्त्रका अनुसार कतिपय व्यक्तिको कुण्डलीमा बुधको सम्बन्ध धनसम्पत्तिसँग रहेको हुन्छ । त्यस्ता व्यक्तिले तुलसीको बिरुवा छतमा राखेमा आर्थिक नोक्सान हुन्छ ।

– तुलसीको बिरुवा छतमा राखिएको घरमा चरा वा परेवाले गुँड बनाउँछ भनिन्छ । यो अशुभको संकेत हो।

– वास्तुशास्त्र अनुसार तुलसीको बिरुवा पूर्व दिशामा राख्नु हुँदैन । यसो गर्दा व्यवसायमा घाटा हुन्छ । परिवारमा नकारात्मक असर पर्ने गर्दछ।

–तुलसीको बोटलाई दक्षिण वा दक्षिण पश्चिम दिशामा नराख्नुहोस्।

तुलसी यसरी रोप्नुहोस्:

– घरको उत्तर दिशामा तुलसीको बिरुवा लगाउनु राम्रो हुन्छ । यदि यो उत्तर दिशामा रोप्न सम्भव छैन भने, उत्तर–पूर्वमा रोप्न सकिन्छ। यसो गर्दा घरमा सुख–समृद्धि आउँछ।

–त्यस्तै बिहीबार तुलसीको बिरुवा रोपिन्छ । यसबाट भगवान विष्णुको कृपा पनि प्राप्त हुन्छ । अर्कोतर्फ शनिबार तुलसीको बिरुवा लगाएमा मानिसको आर्थिक समस्या हट्छ ।

औषधोपचारमा तुलसीको प्रयोग यसरी गर्नुहोस्:

धेरै दिशा लागेमा– ८, १० वटा तुलसीपातमा चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

आउँ, शुल परेमा– १०, १२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

दिशामा रगत आएमा– १, २ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

पाइल्स भएमा – तुलसीको पात १०, १२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

घाँटी बसेमा– घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०, १२ पात तुलसी ४, ५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २, ३ मात्रामै ठीक भएर आउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *