विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

डिसी नेपाल
१६ मंसिर २०७९ ८:४२

काठमाडौं। विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन् । समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यो समूहको दुई खेल राति पौने १ बजे सुरु हुनेछ । समूह ‘जी’ बाट ब्राजिल नकआउट चरणमा पुगिसकेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *