फस्ट माइक्रोफाइनान्सले गर्‍यो २० प्रतिशत लाभांश घोषणा

डिसी नेपाल
१६ मंसिर २०७९ ११:२०
48
Shares

काठमाडौँ। फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। संस्थाको बिहीबार बसेको सञ्‍चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो।

गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश वितरण गर्न लागेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।

हाल लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रुपैयाँ छ। जसअनुसार संस्थाले १८ करोड ३२ लाख ५३ हजार पाँच सय ५६ रुपैयाँ बराबर बोनस सेयर बाँड्ने छ। ९६ लाख ४४ हजार ९ सय २४ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *