बाजुरा प्रदेशसभा(क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

डिसी नेपाल
१७ मंसिर २०७९ २०:१२

बाजुरा– बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् ।

शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६ सय ३२ मत पाए ।

शाही र रेग्मीबीच दुई हजार तीन सय ४१ मतान्तर रहेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *