कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाइ

डिसी नेपाल
१८ मंसिर २०७९ १२:२६

बोगोटा। कोलम्बियाको सरकार र इएलएन विद्रोही समूहबीचको शान्ति वार्ता सहमतिको पहिलो बिन्दुमा पुगेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन्। वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्रपतिले उक्त जानकारी दिएका हुन्।

द्वन्द्वका कारण विस्थापित आदिवासी जनजातिलाई प्रदेशमा आफ्नो भूमिमा सुरक्षित फिर्ताको सुनिश्चित गर्न दुवै पक्ष सहमत भएका उनले बताए। कोलम्बियामा विगत ६ दशकदेखि द्वन्द्व भइरहेको छ।

वामपन्थी नेसनल लिबरेसन आर्मी (इएलएन) अन्तिम विद्रोही समूह हो, जुन अझै पनि युद्धमा सक्रिय छ। गत महिना नेता पेट्रोले नेता चुनाव जितेपछि तीन वर्षको अन्तरालपछि दुई पक्षबी वार्ता भएको थियो।

उनी देशको पहिलो वामपन्थी राष्ट्रपति हुन्। एम १९ विद्रोही समूहका पूर्व सदस्यसमेत रहेका पेट्रोले अगस्टमा राष्ट्रपतिको पद सम्हालेका थिए। उनले कोलम्बियामा शान्ति स्थापना गर्ने बाचा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *