बंगलादेशका बलरसामु भारत निरीह, पहिलो एकदिवसीयमा १८६ मै अलआउट

डिसी नेपाल
१८ मंसिर २०७९ १४:५३

काठमाडौं । आजबाट सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा बंगलादेशका बलरसामु भारत निरीह देखिएको छ । बंगलादेशका बलरहरुले भारतको ब्याटिङ लाइनअप ध्वस्त पारिदिँदा भारत १८६ रनमै अलआउट भएको छ ।

भारतलाई सस्तैमा समेट्न बंगलादेशका अलराउण्डर शाकिब अल हसनले शानदार बलिङ गरे । १० ओभर बलिङ गरेका उनले २ मेडनसहित ३६ रन दिएर ५ विकेट लिए । इबादोत हुसैनले ४ विकेट र मेहदी हसन मिराजले १ विकेट लिए ।

भारतका लागि केएल राहुलले सबैभन्दा धेरै ७३ रन बनाए । कप्तान रोहित शर्माले २७, श्रेयस अय्यरले २३ र वाशिङटन सुन्दरले १९ रन बनाए । अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अब केहीबेरमा भारतले जवाफी ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *