काबुलस्थित पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट-खोरासानले लियो
काठमाडौं । शनिबार इस्लामिक स्टेट-खोरासानले काबुलस्थित पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छ। योसँगै पाकिस्तानले यसलाई ‘हत्याको प्रयास’ भनेको छ।
अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षाकर्मी घाइते भएका छन् ।
अमेरिकी गुप्तचर समूह जिहादी मनिटर साइटको एक विज्ञप्तिमा भनिएको छ, “उनीहरूले इस्लाममा विश्वास नगर्ने पाकिस्तानी राजदूत र उनका सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेका छन्।”
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई ‘हत्याको प्रयास’ भन्दै सम्पूर्ण घटनाको छानबिन गर्न माग गरेका छन्।
काबुल प्रहरीका प्रवक्ताले भनेका छन् कि यस मामिलामा एक संदिग्धलाई पक्राउ गरिएको छ र सुरक्षा बलहरूले वरपरका क्षेत्रहरूमा खोजी गरेपछि दुईवटा हल्का हतियार बरामद गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment