विश्व इतिहासमा आजः यस्ता छन् स्मरणीय घटना

डिसी नेपाल
१९ मंसिर २०७९ ६:३९

आज ५ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम

-सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो। तत्कालिन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए। ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए। सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए।

-सन् १९३६ मा क्रिगिज सोभियत समाजवादी गणतन्त्रको स्थापना भएको थियो।

-अमेरिकामा लामो समयसम्म मदिरामाथि प्रतिबन्ध लगाइएको थियो। सन् १९२० मा मदिरामाथि लगाइएको प्रतिबन्ध संविधानको २१ औं संशोधनमार्फत सन् १९३३ मा अन्त्य गरिएको थियो।

-सन् २००५ मा बेलायतको नागरिक साझेधार ऐन २००४ कार्यान्वयनमा आएको थियो । संसदबाट पारित भएको एक वर्षपछि यो कार्यान्वयनमा आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *