चर्चको समारोहमा भाग लिइरहेका उपासकलाई बाढीले बगायो, ९ जनाको मृत्यु
जोहेनसवर्ग। दक्षिण अफ्रिकामा एउटा चर्चको समारोहमा भाग लिइरहेका उपासकहरूलाई नदीमा आएको बाढीले बगाउँदा नौ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन्।
पानीको बहाब बढेपछि ३० भन्दा बढी मण्डलीहरू नदीको चट्टानमा उभिन बाध्य भएका बीबीसीले जनाएको छ। बाढीले बगाउनै लाग्दा चर्चका पादरी भने रुखको लत्रिएको हाँगामा झुन्डिएर ज्यान जोगाएको प्रत्यक्षदर्शीले जनाएका छन्।
उद्दारकर्ताहरुले जोहेनसवर्गको जुक्सकी नदीमा खोजी कार्य पुनः सुरु गरेका छन्। दक्षिण अफ्रिकाको वर्षाको मौसममा यो नदी बाढीका लागि कुख्यात छ। हराइरहेका व्यक्तिको खोजीमा प्रहरी र अग्नी सेवाका कर्मचारी खटिएका छन्। बाढीमा हराएकामध्ये दुई जनाको शव फेला परेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment