लालुप्रसाद यादवको आज सिंगापुरमा शल्यक्रिया, छोरी रोहिणी आचार्यले मिर्गौला दिने

डिसी नेपाल
१९ मंसिर २०७९ १०:५५

काठमाडौं । राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालु यादवको सोमबार मिर्गौला प्रत्यारोपणको शल्यक्रिया हुने भएको छ । उनकी छोरी रोहिणी आचार्यले अस्पतालबाट एउटा तस्विर शेयर गर्दै मानिसहरूलाई प्रार्थना गर्न आग्रह गरेकी छिन् ।

लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिने भएको छ । लालु यादवकी छोरी रोहिणी आचार्यले बुवालाई मिर्गौला दान गरेकी छन् । गत महिना रोहिणी आचार्य र लालुप्रसाद यादवको मिर्गौला मिलान गरिएको थियो ।

राजद प्रमुख लालु लामो समयदेखि विभिन्न रोगबाट पीडित छन् । उनलाई मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि छन् । गत साउनमा लालुप्रसाद यादव पटनास्थित आफ्नै घरमा लडेका थिए, जसका कारण उनी नराम्ररी घाइते भएका थिए । रोहिणी आचार्य सिंगापुरम नै बस्छिन् ।

मिर्गौला मिलान गरेपछि रोहिणी आचार्यले ट्विट गरेकी थिइन्, “जसले मलाई यो संसारमा आवाज दिनुभयो, जो मेरो सबथोक हुन्, उहाँका लागि मैले आफ्नो जीवनको सानो अंश पनि योगदान गर्न सक्छु भने म धेरै भाग्यमानी हुनेछु। यस धर्तीमा मातापिता, उहाँको पूजा र सेवा गर्नु प्रत्येक बच्चाको कर्तव्य हो।”

राजद प्रमुख लालुप्रसाद यादवका नौ सन्तान छन् भने रोहिणी आचार्य उनकी दोस्रो छोरी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *